
शुक्रबार भएको म्याराथनमा सहभागीमध्ये चार हजार विदेशी नागरिक रहेका अधिकारीहरूले जनाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै सहभागी म्याराथन दौड भएको बताइएको छ ।
म्याराथन दौड स्थानीय समयानुसार बिहान ६.४५ मा सुरु भएको थियो भने दिउँसो २ बजे सकिएको थियो ।
सो म्याराथन दौडमा चीन, अमेरिका, जर्मनी, पोल्यान्ड, पोर्चुगललगायत ७२ भन्दा बढी देशका धावक सहभागी भएका थिए ।
इजरायलभन्दा बाहिरका देशमध्ये हङकङले सबैभन्दा धेरै धावकहरू सहभागी गराएको थियो ।
हङकङपछि लस एन्जेल्स, बेइजिङ र लन्डनले धेरै धावकलाई म्याराथनमा दौडिन लगाएका थिए । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्