सार्क ‘विजनेश लिडर्स कनक्लेभ’ नेपालमा हुने • Image Khabar Image Khabar


सार्क ‘विजनेश लिडर्स कनक्लेभ’ नेपालमा हुने


Imagekhabar
२७ फाल्गुन २०७४, आईतवार २०:२७

सार्क ‘विजनेश लिडर्स कनक्लेभ’ नेपालमा हुने

सार्क चेम्वर अफ कमर्शको आयोजनामा आगामी चैत २ देखि ४ गते नेपालमा सम्मेलन हुन लागेको हो ।

यसअघि पाकिस्तानमा आयोजना गर्ने तयारी गरिएको सम्मेलन पाकिस्तानमा नहुने भएपछि नेपालमा आयोजना गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सुरज वैद्यले जानकारी दिए ।

सम्मेलनमा सार्क क्षेत्रको साझा समृद्धि, सार्क देशहरुमा व्यापार र लगानी प्रवर्द्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थव्यवस्थामा सार्कको भूमिका, उर्जा र सहकारी क्षेत्रमा सार्कमा भएको सफलता र आगामी कार्यदिशा लगायतका विषयमा छलफल गरिने कार्यक्रम छ ।

सम्मेलनमा सार्क राष्ट्रका प्रतिनिधि, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्व लगायत २ सय भन्दा बढीको सहभागिता रहने बताइएको छ । साथै, ५० जना प्रतिष्ठित वक्ताहरुको सहभागिता हुने पनि जनाइएको छ ।

सार्क चेम्वर अध्यक्ष वैद्यले यो सम्मेलनको नेपालले भरपुर फाइदा उठाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्