
नेपाल कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कर्पोरेसन (एनसीइसी)ले उक्त ब्रान्डका उपकरणहरुको परिमार्जित संस्करण नेपाली बजारमा भित्र्याएको हो ।
नेपालमा आफ्ना उत्पादनको बिक्री–वितरण सुरु गरेको १० वर्षको अवसरमा डाइनाप्याकले परिमार्जित उपकरण भित्र्याएको हो ।
एनसीइसीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थमणि राजभण्डारीले डाइनाप्याकका नयाँ उत्पादन नेपालको भौगोलिक बनावट अनुकूल रहेकाले नेपालको भौगोलिक विकटतामा पनि यी उत्पादनले सडक निर्माणको काम सहजरुपमा गर्नसकिने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्