३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


कुमारी बैंकमा अत्याधुनिक ‘फिनाकल’ सफ्टवेयर


0
Shares

बैंकले सोमबार पत्रकार सम्मेलन गरी कोर बैंकिङ सिस्टमलाई परिवर्तन गरी अत्याधुनिक सफ्टवेयर फिनाकल प्रयोगमा ल्याएको जनाएको हो ।

फिनाकल प्रविधिको पछिल्लो संस्करण प्रयोग गर्ने आफू पहिलो नेपाली बैंक भएको बैंकको दाबी छ ।

बैंकले छोटो अवधिमा सफलतापूर्वक सिबिएस कार्यान्वयन गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले उल्लेख गरे ।

फिनाकल प्रविधि विश्वभरि चलन–चल्तीमा रहेको उच्चस्तरीय सफ्टवेयरमध्ये एक रहेको बताइन्छ ।