२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


स्याउका विरुवा बेचेरै वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी


0
Shares

मुस्ताङ, फागुन २९ । पछिल्लो समयमा मुस्ताङका किसानले स्याउ खेतीबाटै मनग्य आम्दानी गर्न थालेका छन् ।

सडक विस्तार भएसँगै स्याउले सहज बजार पाउन थालेपछि किसानहरु व्यावसायिक स्याउ खेतीतर्फ लागेका हुन् ।

मुस्ताङको टुकुचेका राजन शेर्पाले स्याउका विरुवा उत्पादन गरेरै वार्षिक ७ देखि १० लाख रुपैयाँसम्म नाफा कमाउन थालेको बताए ।

२०६९ सालमा टुकुचेमा करिव १५ रोपनी जग्गा भाडामा लिएर हिमालयन शेर्पा स्याउ नर्सरी उद्योग सञ्चालन गर्दै आएका शेर्पाले बिभिन्न जातका स्याउ बिरुवा उत्पादन तथा बिक्री गर्दै आएका छन् ।

हिमाली उपआयोजनाको ७ लाख अनुदान तथा व्यक्तिगत २ लाख लगानी गरी नर्सरी उद्योग स्थापना गरेका उनले वर्सेनी १३ हजारदेखि १८ हजारसम्म स्याउका बिरुवा बिक्री गरिरहेको बताए ।

जिल्लाको एकमात्र निजी स्रोतमा सञ्चालित नर्सरी उद्योगमा ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।