
नवलपरासी, फागुन २९ । नवलपरासी जिल्लाको विभिन्न स्थानमा खुलेका जडीबुटी प्रशोधन केन्द्र धमाधम बन्द हुँदै गएका छन् ।
प्रशोधन केन्द्र खुलेपछि आय–आर्जनको समेत बाटो खुल्यो भनेर उत्साहित भएका स्थानीय अहिले निराश बनेका छन् ।
थानीय सामुदायिक वनमा जडीबुटी लगाएर प्रशोधन गर्न स्थापना गरिएका उद्योगका मेसिनमा अहिले खिया लागेको छ ।
चौधरी बायोसिस नामक संस्थाले उत्पादन भएको जडीबुटीको तेल किन्ने सहमतिमा उद्योगहरुको स्थापना गरिएको थियो ।
सामुदायिक वनका उपभोक्ताहरुले पाल्मोरोजा, लेमनग्रा ,तुलसी , बामरी लगाएतका जडीबुटीको खेती गरेका थिए ।
जडीबुटीको उचित मूल्य दिन नसकेपछि प्रशोधन केन्द बन्द हुँदै गएको स्थानीय जमानसिहं थापाले जानकारी दिनुभयो ।
जिल्लाको कावासोती टरुवा , मगरकोट , दुम्किबासमा रहेका जडीबुटी प्रशोधन केन्द्र समेत अहिले बन्दभएका छन् ।
प्रतिक्रिया दिनुहोस्