पूर्वमा घट्यो करिब चार प्रतिशत विद्युत् चुहावट • Image Khabar Image Khabar


पूर्वमा घट्यो करिब चार प्रतिशत विद्युत् चुहावट


Imagekhabar
२९ फाल्गुन २०७४, मंगलवार २०:५९

पूर्वमा घट्यो करिब चार प्रतिशत विद्युत् चुहावट

नेपाल विद्युत प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतका १७ वितरण तथा ग्राहक सेवा केन्द्रले गत आर्थिक वर्ष ०७३/७४ मा रहेको १७.६५ प्रतिशत चुहावटलाई माघसम्ममा ३.९१ प्रतिशत विन्दुले घटाएर १३.७४ प्रतिशत कायम गरेको जनाइएको हो ।

क्षेत्रीय कार्यालयअन्तर्गतको वितरण प्रणालीमा माघसम्ममा ५५ करोड १० लाख युनिट ऊर्जा प्रवाह भएकोमा ४७ करोड ५३ लाख युनिट बिक्री भएको छ ।

प्रणालीबाट सात करोड ५७ लाख युनिट ऊर्जा चुहावट भएको प्राधिकरणले जनाएको छ ।

विद्युत् चोरी नियन्त्रणका लागि चालिएका कदम, ट्रान्सफर्मर तथा वितरण लाइनको सुदृढीकरण, केन्द्र प्रमुखसँग गरिएको कार्यासम्पादन सम्झौतालगायतका कारण चुहावट घटेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्