Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


नेपालमा गरिबी निवारणमा प्रगति, आर्थिक विकास सुस्त : विश्व बैंक


0
Shares

बैंकले मंगलबार राजधानीमा नेपाल ‘सिस्टमेटिक कन्ट्री डायग्नोस्टिक’ प्रतिवेदन सार्वजनिक गर्दै गरिबी निवारण तथा अरु सामाजिक क्षेत्रमा प्रगति गरेको भएपनि पछिल्लो २० वर्षमा नेपालको औसत आर्थिक वृद्धिदर चार प्रतिशतमा सीमित रहेको जनाएको हो ।

अस्थीर राजनीति र प्रभावकारी सार्वजनिक खर्च परिचालन हुन नसक्दा आर्थिक विकासमा अपेक्षित वृद्धिदर हासिल गर्न नसकेको प्रतिवेदनमा जनाइएको हो ।

सबैभन्दा बढी रोजगारी सिर्जना गरेको कृषि क्षेत्रकै विकास कमजोर हुँदा आर्थिक वृद्धि प्रभावित भएको बैंकको भनाइ छ ।

प्रतिवेदनले नेपालले आर्थिक विकासकमा लागि चाल्नुपर्ने ६ ओटा क्षेत्र पनि औंल्याएको छ ।

विश्व बैंकले पछिल्लो समय नेपाल संघीयतामा प्रवेशलगायत राजनीतिक सुधारले भने विकासमा सहयोग पुग्ने अपेक्षा पनि गरेको छ ।