
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आगामी चैत २३ देखि २५ गतेसम्म चिया महोत्सव गर्न लागेको जानकारी गराएको छ ।
बुधबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले वार्षिक व्यापार घाटा व्यहोर्नुपरिरहेको भन्दै सरकारले चियाखेतीको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।
नेपालमा उत्पादन भएका चियालाई नेपाली ब्रान्डमा विदेशमा बिक्री गर्नसके अर्थतन्त्रमा थप टेवा पुग्ने उनको भनाइ थियो ।
महोत्सवमा अन्तर्राष्ट्रिय क्षेत्रबाट आउने चिया व्यवसायीहरु तथा नेपाली व्यवसायीहरुसँग चियाखेतीकाबारेमा छलफलसमेत हुने आयोजकले जनाएको छ ।
महोत्सवमा जर्मनी, रुस, अमेरिका, चीन, क्यानडा, श्रीलंकालगायत १३ देशका २५ जना चिया व्यवसायीहरुको सहभागी रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्