
काठमाडौं, चैत १ । रोजगारीका लागि विदेशीने होड चलिरहेका बेला नवलपरासीका एक व्यक्ति भने स्वदेशमै टर्की फार्म सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।
कावासोती–१२ का सुनिल गुरुङले टर्की फार्म सञ्चालन गरेर राम्रो आम्दानी गरेका हुन् । जोस र जाँगरका साथ मेहनत गर्ने हो भने स्वदेशमै प्रशस्त पैसा आर्जन गर्न सकिन्छ भन्ने उदाहरण उनले दिएका छन् ।
२०६८ सालमा आफ्ना बुबाले टर्कीबाट ल्याएका २० वटा कुखुराबाट गुरुङले अहिले फार्म नै सञ्चालन गरेका हुन् । अहिले गुरुङसँग ३ सय वटा कुखुरा छन् ।
उनले नवलपरासीको कावासोती हाटबजारमा रहेको पसलबाट टर्की कुखुराको मासु बेच्दै आएका छन् । हाल गुरुङ मासिक ८० देखि १ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्