
धनकुटा, चैत १ । करिब ३ करोड रुपैयाँ बराबरको कारोबार गर्दै धनकुटामा संचालित प्रदेश नम्बर १ स्तरीय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवम् धनकुटा महोत्सव सम्पन भएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फागुन २० गतेदेखि संचालित महोत्सवको करिब १ लाख पर्यटकले अवलोकन गरेको आयोजक उद्योग वाणिज्य संघले जनाएको छ ।
प्रदर्शनीमा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेस १९ प्रकारका वस्तु, औद्योगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिवुटी, घरेलु उद्योगबाट उत्पादित वस्तु राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्