२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


उखु बेचेको महिनौं बितिसक्दासमेत किसानले भुक्तानी पाएनन्


0
Shares

उद्योगमा उखु बुझाएको महिनौँ भैसक्दा समेत पैसा नपाउँदा किसान समस्यामा परेका हुन् । क्रसिङ सक्किनै लाग्दा समेत उखु बिक्री बापतको रकम नपाउँदा किसान समस्यामा परेका हुन् ।

उद्यारोमा बेचेको उखुको भुक्तानि नपाउँदा किसानलाई घर व्यवहार धान्न गाह्रो हुन थालेको किसान राम सोगारथ राय बताउँछन् ।

चिनी उद्योग हरिवनले क्रसिङ सूरु गरेको करिव दुई हप्तासम्मको भुक्तानि गरेपनि त्यसपछि भुक्तानि नदिएको गुनासो किसानको छ ।

जिल्लाको अन्नपूर्ण चिनी उद्योग धनकौलले झन अहिलेसम्म एक जना किसानलाई पनि उखुको भुक्तानी नदिएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

अन्य बाली मासेर उखु लगाएका किसान महिनौँसम्म पैंसा नपाउँदा बढी मारमा परेका छन् । उद्योगीले आज–भोली भन्दै भुक्तानि दिन आनाकानी गरिरहेका किसानको गुनासो छ ।

केही समय यता उद्योगीहरुले सस्तोमा पाइने भन्दै भारतबाट उखु आयत गरेपछि किसान झन मारमा परेका छन् ।

तर इन्दु शंकर चिनी उद्योग हरिवनका उखु प्रवन्धक योगनारायण रजक भारतबाट उखु नल्याइएको दावी गर्छन ।

यस सिजनका लागी मूल्यमा सहमति हुन नसक्दा उद्योगी र किसानका प्रतिनिधीबीच गत वर्षकै न्यूनतम मूल्य रहने गरी भुक्तानि दिने सहमति भएको थियो ।

गत वर्ष उखुको मूल्य प्रति क्विन्टल ५ सय ३१ रुपैँया २० पैसा कायम गरिएको थियो ।