१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सेयरबजार हरियो रहेर थामियो


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से अढाइ अंक बराबरले सकारात्मक रहेर १२ सय ८८ अंक कायम भएर थामियो ।

उत्पादनमूलकबाहेक अरु समूह हरियो रहे । होटल समूह ७५ अंकले उकालो लाग्यो । जलविद्युत् समूह दोहोरो अंकले बढ्दा अरु समूह भने सामान्य अंकले सकारात्मक रहे । उत्पादनमूलक समूहमा भने २५ अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीका ६ लाख २५ हजार कित्ता सेयर २३ करोड ३८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।