सशस्त्र प्रहरी महानिरीक्षक खुला महिला भलिबलको उपाधि आयोजकलाई • Image Khabar Image Khabar


सशस्त्र प्रहरी महानिरीक्षक खुला महिला भलिबलको उपाधि आयोजकलाई


Imagekhabar
२ चैत्र २०७४, शुक्रबार १८:४२

सशस्त्र प्रहरी महानिरीक्षक खुला महिला भलिबलको उपाधि आयोजकलाई

शुक्रबार भएको फाइनल खेलमा न्यू डाइमन्ड एकेडेमीलाई २५–१९, २५–१८ र २५–१९ ले पराजित गर्दै सशस्त्रले उपाधि जितेको हो ।

त्यस्तै, त्रिभुवन आर्मी क्लबलाई २५–१२, २५–१३ र २५–१३ ले हराउँदै पुलिसले तेस्रो स्थान ओगट्यो ।

विजेताले दुई लाख ५० हजार तथा दोस्रो हुने टिमले एक लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितको सर्वोत्कृष्ट खेलाडी घोषित सशस्त्रकी बिनीता बुढाथोकीले पुरस्कारस्वरुप एकथान स्कुटर पाइन् ।

सो प्रतियोगितामा सशस्त्रकी नेबिका चौधरी उत्कष्ट स्पाइकर, न्यू डाइमन्डकी प्रतिभा माली उत्कृष्ट सर्भर, सशस्त्रकै मनीषा तामाङ उत्कृष्ट डिफेन्स, सशस्त्रकै सरस्वती चौधरी उत्कृष्ट ब्लकर, न्यू डायमन्डकी कृपा अधिकारी उत्कृष्ट सेटर र सशस्त्रका ज्ञानेन्द्रबहादुर विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए ।

ब्याडमिन्टनको उपाधि तामाङले जिते
यता, चौधौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि रत्नजीत तामाङले जितेका छन् ।

सशस्त्र प्रहरी मुख्यालय हलचोकमा शुक्रबारै भएको फाइनलमा त्रिभुवन आर्मी क्लबका रत्नजीतले सशस्त्र प्रहरीका दीपेश धामीलाई २२–२० र २१–११ ले पराजित गरी उपाधि जितेका हुन् ।

लनटेनिसको उपाधि प्रनभलाई
त्यसैगरी, दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीका प्रनभ खनालले जितेका छन् ।

प्रनभले फाइनलमा ललितपुरका जितेन्द्र परियारलाई ७–५, ३–६ र ६–० ले पराजित गरे ।

महिला एकलतर्फको फाइनलमा नेपाल पुलिस क्लबकी मायंका राणाले सोही क्लबकी माहिका राणालाई ६–४, ३–६ र ६–३ ले पराजित गरी उपाधि जितिन् ।

ब्याडमिन्टन प्रतियोगितामा समावेश १० ओटा इभेन्ट्सहरुमा ४३ जना महिलासहित २४५ खेलाडीहरुले सहभागिता जनाएका थिए ।

लनटेनिसमा १० ओटा इभेन्ट्समा ९ जना महिलासहित १४५ जना खेलाडीहरुकोे सहभागिता रहेको थियो ।

विजेतालाई सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्