आर्थिक वृद्धिबिना समृद्धि असम्भव : परिसंघ « Image Khabar


आर्थिक वृद्धिबिना समृद्धि असम्भव : परिसंघ



त्यसका लागि ज्ञान, सीप र श्रमको विकास र विस्तार गरी मर्यादित रोजगारीका अवसरहरुको सिर्जना र विस्तार गरिनुपर्नेमा परिसंघले जोड दिएको छ ।

परिसंघ तथा परिसंघ प्रबुद्ध परिषदले शुक्रबार राजधानीमा आर्थिक समृद्धिको मार्गचित्र प्रस्तुत् गर्दै मुलुकलाई दीगो शान्ति, सुशासन र समृद्धिको गन्तव्यमा पुर्‍याउने ऐतिहासिक जिम्मेवारी नयाँ सरकारको काँधमा आएको जनाएको छ ।

संघीयतालाई संस्थागत गत आर्थिक विकास र समृद्धिको एजेन्डालाई अगाडि बढाउनैपर्ने भन्दै परिसंघले सुशासनलाई प्राथमिकता दिएर तुलनात्मकरुपमा सवल क्षेत्रहरुको पहिचान गरी त्यस क्षेत्रमा लगानी गर्नुपर्नेमा पनि जोड दिएको छ ।

सन् २०३० सम्म नेपाललाई मध्यमस्तरको आय भएको राष्ट्रमा स्तरोन्नति गर्ने तथा दीगो विकासका लक्षहरु हासिल गर्न सन् २०१९ देखि २०२९ को दशकलाई ‘लगानी तथा विकासको दशक’ घोषणा गरी त्यसअनुसार विकास निर्माणमा राष्ट्रको ध्यान र सामथ्र्य प्रयोग गर्नुपर्नेमा पनि परिसंघले जोड दिएको छ ।