
चेम्बरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले एअर कार्गो प्रबन्ध शुल्क वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्णय फिर्ता लिन माग गरेको हो ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले यही चैत १ गतेदेखि लागू हुनेगरी आयात–निर्यात गरिने माल–सामानहरुको कार्गो प्रबन्ध शुल्क वृद्धि गरेको छ ।
नेपालको निजी क्षेत्रको कुनैपनि प्रतिनिधिमूलक संस्थासँग परामर्श तथा समन्वय नगरी एकतर्फी ढंगले शुल्क वृद्धि गरिएको चेम्बरको आरोप छ ।
यसले निर्यात व्यापार घटिरहेको अवस्थामा निकासी हुने वस्तुमा लागत वृद्धि हुन गइ अन्तर्राष्ट्रिय बजारमा नेपाली मालवस्तुको प्रतिस्पर्धात्मक क्षमतामा थप ह्रास भइ व्यापार घाटा अझ बढ्न जाने चेम्बरको दाबी छ ।
शुल्क वृद्धिले नेपालको उद्योग तथा व्यापार क्षेत्रमासमेत दूरगामी नकारात्मक प्रभाव पर्ने र आमउपभोक्तालाई पनि गम्भीर असर पर्ने चेम्बरको ठहर छ ।
चेम्बरले शुल्क वृद्धि अविलम्ब फिर्ता लिन वा निजी क्षेत्रको सुझाव प्रतिवेदनलाई समेटी समयसापेक्ष सुधार गर्न सरोकारवाला सबै निकायहरुलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्