राजधानीमा छैटौं ‘सार्क बिजनेस लिडर्स कनक्लेभ’ • Image Khabar Image Khabar


राजधानीमा छैटौं ‘सार्क बिजनेस लिडर्स कनक्लेभ’


Imagekhabar
३ चैत्र २०७४, शनिबार २०:५०

राजधानीमा छैटौं ‘सार्क बिजनेस लिडर्स कनक्लेभ’

सार्क क्षेत्रको उद्योग व्यापार प्रवद्र्धन गर्ने लक्ष्यसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सार्क उद्योग वाणिज्य संघको आयोजनामा राजधानीमा तीनदिने सम्मेलन भएको हो ।

सम्मेलनकोे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्न कटिबद्ध रहेको उल्लेख गरे ।

उनले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्ने बताए ।

राजनीतिक संक्रमणको अन्त्य भएको भन्दै मुलुक आर्थिक सर्मद्धिको बाटोमा अगाडि बढिसकेको पनि प्रधानमन्त्री ओलीले जिकिर गरे ।

उनले समृद्धिको बाटोमा अगाडि बढ्न सार्क राष्ट्रहरुबीच एकीकृत सहकार्य आवश्यक भएकोमा जोड दिए ।

आइतबारसम्म चल्ने सम्मेलनमा सार्क क्षेत्रको साझा समृद्धि, सार्क देशहरुमा व्यापार र लगानी प्रवद्र्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थ व्यवस्थामा सार्कको भूमिका, ऊर्जा र सहकारी क्षेत्रमा सार्कमा भएका सफलता र आगामी कार्यदिशालगायतका विषयमा छलफल भइरहेकोे छ ।

सम्मेलनमा सार्क राष्ट्रका प्रतिनिधि, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्वलगायत २०० भन्दा बढीको सहभागिता रहेको छ । साथै, सार्क क्षेत्रका प्रतिष्ठित वक्ताहरुले कार्यपत्र प्रस्तुत् गरिरहेका छन् ।

सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज वैद्यले सार्क क्षेत्रमा अपार सम्भावना रहेको भन्दै यसलाई पहिल्याएर अगाडि बढ्नुपर्ने बताए । सम्मेलनको नेपालले भरपुर फाइदा उठाउन सक्नुपर्नेमा पनि उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्