
प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल अब समृद्धिको मार्गमा अगाडी बढेकाले नेपालमा भारतीय संयुक्त लगानी विस्तारका लागि सहयोग गर्न सीआईआईका अध्यक्षलाई आग्रह गरे ।
मुलुकको समृद्धि नै आफ्नो प्रमुख प्राथमिकता रहेको भन्दै प्रधानमन्त्रीले दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थालाई नेपालमा भारतीय संयुक्त लगानी बढाउन नेतृत्वदायी भूमीका निर्वाह गर्न अनुरोधसमेत गरे ।
यसका लागि सरकार सहयोग गर्न तयार रहेको प्रधानमन्त्री ओलीले भनाइ थियो ।
सीआईआईका अध्यक्ष कामिनेनीले नेपालमा भारतीय संयुक्त लगानी विस्तारमा आफू र आफ्नो संस्थाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्