मलेसियाली प्रहरीको खोजीमा रहेका को हुन् यी नेपाली युवक ! • Image Khabar Image Khabar


मलेसियाली प्रहरीको खोजीमा रहेका को हुन् यी नेपाली युवक !


Imagekhabar
५ चैत्र २०७४, सोमबार ०६:२३

मलेसियाली प्रहरीको खोजीमा रहेका को हुन् यी नेपाली युवक !

                                      सदीप गुरुङ बस्दै आएको अपार्टमेन्ट, जहाँबाट शव बरामद भएको थियो ।

पेनाङस्थित प्रहरीले २७ वर्षीय सदीप गुरुङको खोजी गरिरहेको छ । त्यहाँको बायान लापास्थित एक फ्याक्ट्रीमा काम गर्दै आएका उनी हाल फरार छन् ।

सदीपकी प्रेमिका भनिएकी २५ वर्षीया शान्ति रेस्तौली सम्बोलानको हत्या आशंकामा प्रहरीले उनलाई खोजी गरिरहेको स्थानीय संचारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसार शान्तिको शव बिहीबार पेनाङको आयर इतामस्थित ग्रिन गार्डेन अपार्टमेन्टको फ्ल्याटको गुरुङ बस्दै आएको कोठामा भेटिएको थियो ।

शव दराजभित्र ताल्चा लगाएर राखिएको अवस्थामा फेला परेको थियो ।

शान्तिको हत्या करिब ३ दिनअघि नै भएको आशंका प्रहरीको छ । उक्त फ्ल्याटमा बस्दै आएका अन्य दुई नेपालीले गुरुङको कोठाबाट नराम्रो गन्ध आएको भन्दै गत बिहीबार राति १० बजे प्रहरीलाई खबर गरेका थिए ।

गुरुङबारे अन्य जानकारी खुलाइएको छैन । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्