२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मुग्लिनस्थित त्रिशुली नदीमा यसरी बन्दैछ पुल, असार मसान्तसम्ममा निर्माण सम्पन्न हुने


0
Shares

नयाँ पुल निर्माण गर्न दैनिक २५ जना कामदार खटिएका छन् । बर्खाको समयमा त्रिशुलीमा पानीको बहाव धेरै हुने र पुल निर्माण गर्ने सतह अग्लो स्थानमा भएकाले चाँडै काम सम्पन्न गर्ने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

२०७१ साल फागुनबाट निर्माण सुरु गरिएको यो पुलको हाल बिम, डभी र फर्मा निर्माणको काम भइरहेको छ ।

१४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको यो मोटरेवल पुल नेपालकै नमूना हुने निर्माण कम्पनीले जनाएको छ ।

एलाइट एड्भेन्चर जेभी चितवनले पुल निर्माणको जिम्मा लिएको छ ।

एलाइट एडभेञ्चर जेभीका प्रबन्धक मोतिलाल शर्माले असार मसान्तसम्ममा काम सम्पन्न गर्ने बताए ।