इलामबाट मासिक एक सय ट्रकभन्दा बढी बाँस निर्यात हुँदै • Image Khabar Image Khabar


इलामबाट मासिक एक सय ट्रकभन्दा बढी बाँस निर्यात हुँदै


Imagekhabar
५ चैत्र २०७४, सोमबार १२:११

इलामबाट मासिक एक सय ट्रकभन्दा बढी बाँस निर्यात हुँदै

यसअघि धनकुटा, तेह्रथुम, उदयपुरलगायत जिल्लाबाट मात्र बाँस निर्यात हुने गरेको थियो । अहिले मेची राजमार्ग र सडकको पहुँच पुगेका ग्रामीण क्षेत्रबाट बाँस बिक्री हुने क्रम निकै बढेको छ । मासिक एक सय ट्रकभन्दा बढी बाँस इलामबाट निर्यात हुने गरेको छ ।

पाखाभित्तामा घरायसी प्रयोगमा सीमित बाँसको माग २०७२ को भूकम्पपछि बढेको व्यापारीहरुको भनाइ छ । सडकको अवस्था हेरेर कृषकले ८० रुपैयाँदेखि १ सय २० रुपैयाँसम्म प्रतिगोटा बाँसको मूल्य पाउने गरेको इलाम नगरपालिका–९ का कृषक खेमराज लुईटेलले बताए ।

व्यवसायीले राजधानीमा १ सय ७० देखि २ सय ५० रुपैयाँसम्ममा बाँस बिक्री गर्ने गरेका छन् । इलामबाट लगिएका बाँस काठमाडौं, जनकपुर, नुवाकोटसम्मका विभिन्न डिपोमा पुग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्