
‘एचआर क्यान चेन्ज, एच आर क्यान ड्राइभ’ भन्ने मुल नाराका साथ काठमाडौंमा दुईदिने मानव संशाधन गोष्ठी आयोजना गरिएको हो ।
ग्रोथ सेलर्स प्रालिले गर्दै आएको गोष्ठीको ११औं संस्करणको सोमबार उद्घाटन गरिएको हो ।
गोष्ठीमा सार्वजनिक, निजी एवं गैरसरकारी संस्थाका झन्डै २५० जनाले सहभागिता जनाएका छन् ।
व्यवस्थापनमा गुणस्तरिता वृद्धिका लागि गोष्ठी आयोजना गर्दै आएको ग्रोथ सेलर्स प्रालि प्रबन्ध निर्देशक निर्देशक मोहन ओझाले बताए ।
गोष्ठीमा मानव संशाधनअन्तर्गत् अन्तर्राष्ट्रिय ट्रेन्डहरुबारे गहन विचार–विमर्स हुने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्