१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पूर्व फुटबल स्टार रोमारियो गभर्नर पदका लागि चुनाव लड्ने


0
Shares

काठमाडौं, चैत ६ । पूर्व ब्राजिलियन फुटबल स्टार रोमारियो रियो दि जेनेरियो शहरको गभर्नरका लागि चुनाव लड्ने भएका छन् ।

ब्राजिलियन तटीय शहर रियो दि जेनेरियो पछिल्लो समय हिंसा, लागू औषध दुव्र्यसनी र सामाजिक अपराधसँग जुधिरहेको छ ।

सन् २०१६ को ओलम्पिक खेलकुद आयोजनापछि आर्थिक रुपले समेत टाट पल्टिएको शहर अहिले बैंक लिलामीको अवस्थामा पुगिसकेको छ ।

शहरलाई यीनै समस्याबाट मुक्त गराउन आफूले गभर्नर पदमा उम्मेदवारी दिएको रोमारियोले बताएका छन् ।

ब्राजिललाई सन् १९९४ को विश्वकप फुटबलको उपाधि जिताउन सफल फुटबल खेलाडी रोमारियो डि सुजा हाल ब्राजिलको मध्यमार्गी पार्टी पोडेमोसबाट सिनेटर छन् ।