२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इलाममा चियाको पहिलो टिपाइ सुरु


0
Shares

इलाम, चैत ६ । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । गत कात्तिकदेखि चिया टिप्न छाडिएका बगानमा पुनः मुना पलाउन थालेसँगै टिपाइ सुरु भएको हो ।

जिल्लाका चिया कारखानाले पनि प्रशोधनको तयारी थालेका छन् । चिया टिप्न शुरु भएसँगै मजदुरहरुको व्यस्तता बढेको छ ।

पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच बढाउनसमेत चियापत्तीको टिपाई थालिएको हो । यस वर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ ।

चैत अन्तिम साताबाट मात्रै चियापत्तीको टिपाइ सुरु गर्ने गरे पनि यस पटक भने समयमै पानी परेकाले यो वर्ष चैतको सुरुमै चियापत्ती टिपाइ सुरु भएको किसानहरुको भनाइ छ ।