२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेप्से १५ अंकले ओरालो


0
Shares

बजार परिसूचक नेप्से १५ अंकले ओरालो लागेर १२ सय ५५ विन्दुमा आएर थामियो ।

यसदिन होटल समूहबाहेक कारोबार भएका सबै समूह रातो रहे । बिमा समूहमा सबैभन्दा उच्च १५२ अंकको कमी आयो भने होटल समूहमा सबैभन्दा उच्च १७ अंकको वृद्धि आयो ।

उत्पादनमूलक समूहमा ४३ अंकको, जलविद्युत् समूह र लघुवित्त समूहमा २०/२० अंकको, विकास बैंक समूहमा १५ अंकको, वाणिज्य बैंक समूहमा ९ अंकको, वित्त समूहमा ८ अंकको र अन्य समूहमा ७ अंकको कमी आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीका ९ लाख ६२ हजार कित्ता सेयर ३२ करोड ८९ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।