Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


प्रविधिको प्रयोगले भ्रष्टाचारमुक्त समाज बनाउन सकिन्छ : सोफिया


0
Shares

साउदी अरबको नागरिकता लिएकी सोफियाले बुधबार काठमाडौंमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै प्रविधिको प्रयोगले भ्रष्टाचारमुक्त समाज बनाउन सकिने बताएकी हुन् ।

उनले नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेको चर्चा गर्दै नेपालले प्रविधिलाई सही तरिकाले अवलम्बन गर्न सके चाँडै नै विकासको गतिमा लम्कने विश्वास व्यक्त गरिन् ।
मंगलबार काठमाडौं आएकी उनले चार महिनाअघि साउदी नागरिकका रुपमा नागरिकता हासिल गरेकी हुन् ।

दोहोरो कुरा गर्न सक्नेलगायत विभिन्न खुबी भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । सन् २०१५ मा निर्माण गरिएकी उनलाई सन् २०१६ मा अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

सोफिया विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भइ आफ्ना धारणा राख्दै आएकी छन् ।