१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


ओमानमा अलपत्र ८ नेपाली कामदारको उद्धार


0
Shares

मस्कट (ओमान)स्थित नेपाली राजदूतावासले ती कामदारलाई उद्धार गरी नेपाल पठाएको बुधबार विज्ञप्तिमार्फत् जनाएको हो ।

उद्धार गरिएकामा द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार तामाङ, देवबहादुर विक, ज्ञानबहादुर थापा, विक्रम राई, राजेन्द्र गिरी र तेजेन्द्र राना छन् ।

ओमानको सोहारस्थित एक कम्पनीमा काम गर्न आएका कामदारले करार सम्झौताबमोजिमको सुविधा नपाएर अलपत्र अवस्थामा रहेको भन्ने उजुरीका आधारमा दूतावासको पहलमा नेपाली कामदारलाई सकुशल स्वदेश फिर्ता गरिएको दूतावासले जनाएको छ ।

उद्धार अवधिभर पीडित कामदारलाई ओमानस्थित प्रवासी नेपाली मञ्चले खान, बस्नसमेतको व्यवस्थापन गरेकामा दूतावासले धन्यवाद ज्ञापन गरेको छ । रासस