
ओपनिङ ब्याट्सम्यान क्यामरन बानक्रफ्टले बल बिगारेको क्यामेरामा देखिएपछि कप्तान स्मीथले नियोजितरुपमा बल बिगारेको स्वीकारेका थिए ।
योसँगै केपटाउनमा जारी तेस्रो टेस्टका बाँकी दुई दिनका खेलको अष्ट्रेलियाको कप्तानी विकेटकिपर टिम पाइनेले सम्हालेका छन् ।
क्रिकेट अस्ट्रेलियाका सीइओ जेम्स सदरल्यान्डले स्मीथ र वार्नरले पद छोड्न राजी भएअनुसार हटाइएको जनाएका छन् । उनले यो घटनाबारे अनुसन्धान जारी रहने पनि जनाएका छन् ।
शनिबारको खेलमा बानक्रफ्टले बल बिगारेको घटना टेलिभिजनमार्फत् प्रत्यक्ष देखाएपछि स्मीथ र उनले माफी मागेका थिए ।
घटनापछि अष्ट्रेलियाका प्रधानमन्त्री म्याल्कम टर्नबुलले सो घटना अत्यन्तै निराशाजनक भन्दै दुःख व्यक्त गरेका छन् ।
क्रिकेटमा महत्वपूर्ण प्रभाव जमाउने अष्ट्रेलियाका कप्तान र उपकप्तान नै बल बिगार्ने कान्डमा मुछिएपछि अन्तर्राष्ट्रियस्तरमै क्रिया–प्रतिक्रिया आइरहेका छन् ।
प्रतियोगितामा यसअघिका खेलमा १-१ को बराबरी भएको छ ।
प्रतिक्रिया दिनुहोस्