२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एन्फा निर्वाचन स्थगित भएपछि एएफसी प्रतिनिधि नेपालमा


0
Shares

एएफसीको एसोसिएट राष्ट्रहरुका निर्देशक रवि कुमार चुनाव रोकिएकोबारेमा जानकारी लिन काठमाडौं आएका हुन् ।

रवि कुमारले सोमबारै एन्फाका पदाधिकारीहरुसँग भेट गरी जानकारी लिएका छन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरले रवि कुमारलाई चुनाव रोकिनुपर्ने कारण विस्तृत्रुपमा बताएको जानकारी दिए ।

एएफसी प्रतिनिधिले कुनै निर्देशन दिनुभन्दा जानकारी लिएर फर्कने मनस्थिति बनाएको बुझिएको छ ।

रवि कुमारले यहाँ रहँदा फुटबलसँग विभिन्न सरोकारवाला व्यक्तिसँग परामर्श गर्नेछन् ।

गत बिहीबार ललितपुर उच्च अदालतले एन्फा चुनाव तत्कालका लागि रोक्न निर्देशन दिएसँगै एन्फाले अर्को सूचना जारी नभएसम्मका लागि चुनाव स्थगित भएको जनाएको छ ।

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले भोटिङ अधिकार पाउनुपर्छ भन्दै निवेदन दर्ता गराएपछि उच्च अदालतले दुई जिल्लाको समस्या समाधानपछिमात्र चुनाव गर्न अन्तरिम आदेश दिएको हो ।