१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


अष्ट्रेलियालाई हराएको पेरु नकआउट चरणमा प्रवेश गर्न सकेन


0
Shares

काठमाडौं, असार १३ । विश्वकप फुटबल अन्तर्गत समुह सी को अन्तिम खेलमा पेरुले अस्ट्रेलियालाई २–० ले हराएको छ ।

रुसमा जारी विश्वकपमा पेरुले सान्त्वना जित हात पार्दा अस्ट्रेलियाको अर्को चरणमा उक्लिने सम्भावना सकिएको हो ।

गएरातिको खेलमा पेरुलाई जिताउन आन्द्रे क्यारिलोले १८ औं मिनेटमा पहिलो गोल गरे ।

दोस्रो हाफमा होजे पाओलो गुरेरोले १ गोल थप्दै पेरुको जित निश्चित गरे । जितका बाबजुद पेरु विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गर्न भने सकेन ।

समूहमा पेरुले ३ अंक जोड्दा अस्ट्रेलियाको १ अंक मात्रै भएको छ ।