
काठमाडौं, असार १३ । नाईजेरियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
सुरुवाती दुई खेलमा जित निकाल्न नसकेपछि दबाबमा परेको अर्जेन्टिनाले समूहको अन्तिम खेलमा गएराति नाईजेरियालाई २-१ ले हरायो ।
खेलको १४ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिए । दोस्रो हाफमा नाईजेरियाले पेनाल्टी हान्ने अवसर पायो ।
५१ औं मिनेटमा पाएको पेनाल्टीलाई नाईजेरियाका भिक्टर मोसेसले गोलमा बदलेपछि खेल १-१ गोलको बराबरीमा पुग्यो ।
निर्धारित समय सकिन ४ मिनेट बाँकी छँदा अर्जेन्टिनाका डिफेन्डर मार्कस रोहोले गोल गर्दै टोलीको जित पक्का गरे ।
समुहका ३ खेलबाट ४ अंक जोडेको अर्जेन्टिना समूह उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुगेको हो ।
राउन्ड अफ सिक्सटिनमा उसको भिडन्त समुह सी को विजेता फ्रान्ससँग हुनेछ ।
यो खेल आगामी शनिवार रुसको काजान शहरमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सरुु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्