आजबाट मुलुकभर मनसुन सक्रिय • Image Khabar Image Khabar


आजबाट मुलुकभर मनसुन सक्रिय


Imagekhabar
१२ असार २०७५, मंगलवार १९:२५

आजबाट मुलुकभर मनसुन सक्रिय

काठमाडौं, असार १३ । आजबाट देशभर मनसुन सक्रिय हुने भएको छ ।

गत ८ जुनमा नेपालको पूर्व भागबाट फैलिएको मनसुनी वायु दुई साता बितिसक्दा पूर्वी र मध्य क्षेत्रमा मात्रै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अघिल्लो वर्षभन्दा चार दिन अघि नै नेपालमा मनसुन प्रवेश गरेको बताए पनि मुलुकभर फैलिने समय भने लम्बिएको जनाएको छ । एक सातामै मुलुकभर फैलिने गरेकोमा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

बुधबारदेखि सक्रिय हुने मनसुन कमजोर खालको हुने महाशाखाले जनाएको छ । –राजधानी दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्