क्यानडामा खेलाडी सवार बस दुर्घटना, १४ जनाको मृत्यु • Image Khabar Image Khabar


क्यानडामा खेलाडी सवार बस दुर्घटना, १४ जनाको मृत्यु


Imagekhabar
२४ चैत्र २०७४, शनिबार १६:१९

क्यानडामा खेलाडी सवार बस दुर्घटना, १४ जनाको मृत्यु

सस्केचवन प्रान्तमा हमबल्ट ब्रोन्स्को क्लबका खेलाडी चढेको बस शुक्रबार साँझ लरीसँग ठोक्किँदा चालकसहित बसमा रहेका १४ जनाको मृत्यु भएको रोयल क्यानिडियन माउन्टेड प्रहरीले जनाएको छ ।

सस्केचवन जुनियर हकी लिगअन्तर्गत् निपविन हक्सविरुद्ध खेल्न खेलाडीसहित २८ सदस्य टोली बसमा रहेका थिए ।

जसमा चालकसहित १४ जनाको मृत्यु भएको र बाँकी १४ जना घाइते भएका छन् । त्यसमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा पर्नेमा १६ देखि २१ वर्षका खेलाडी रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

क्यानडियन प्रधानमन्त्री जस्टिन ट्रयुडोले घटनाप्रति दुःख व्यक्त गर्दै खेलाडीका अभिभावक, क्लब तथा पीडित सबैमा समवेदना प्रकट गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्