मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित • Image Khabar Image Khabar


मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित


Imagekhabar
२५ चैत्र २०७४, आईतवार ११:३०

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित

गएराति भएको खेलमा लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्साले सहज जित निकालेको हो । जितसँगै बार्सिलोनाले स्पेनिस लिग फुटबलमा लगातार ३८ खेलमा अपराजित रहँदै रियाल सोसिडाडले ३८ वर्षअघि बनाएको कीर्तिमानसँग बराबरी गर्नसमेत सफल भएको छ ।

बार्सिलोना ला लिगामा यो सिजनका ३१ तथा गएको सिजनका पछिल्ला सात गरी लगातार ३८ खेलमा अपराजित छ ।

अर्को हप्ता भ्यालेन्सिया विरुद्धको खेलमा अपराजित रहेको खण्डमा बार्सिलोनाले ला लिगामा अहिलेसम्मकै लामो ३९ खेलसम्म अपराजित रहने कीर्तिमान राख्नेछ ।

गएरातिको जितपछि ३१ खेल खेलेको लिग लिडर बार्सिलोनाको ७९ अंक भएको छ । बार्सिलोनाभन्दा एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ६७ अंकसहित दोस्रो स्थानमा छ भने रियाल मड्रिड ६३ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्