११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


दाहालको सिंगापुर बसाइ लम्बियो


0
Shares

काठमाडौं, असार १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सिंगापुर बसाइ अझै एक साता लम्बिने भएको छ ।

श्रीमती सीता दाहालको उपचारका लागि साताअघि दाहाल सिंगापुर गएका थिए । सीताको स्वास्थ्यमा सुधार भइरहेको तर थप चेकअप गर्नुपर्ने भएकाले बसाइ लम्बिएको भतिजा समीर दाहालले जानकारी दिए ।

छोरा प्रकाशको निधनपछि सीताको स्वास्थ्यमा समस्या थपिन थालेको थियो । निद्रा नलाग्ने, तागत नहुनेलगायत समस्या बढिरहेका छन् ।

पछिल्लो समय अन्य समस्या पनि भएको आशंका चिकित्सकले गरेपछि दाहाल परिवार सिंगापुर पुगेको हो । –कान्तिपुर दैनिकबाट