२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मड्रिड डर्बी बराबरीमा, रियल चौथो स्थानमा


0
Shares

गएराति भएको मड्रिड डर्बीमा क्रिष्टियानो रोनाल्डोको गोलमा ५३ औं मिनेटमा रियलले अग्रता लिए पनि त्यसको चार मिनेटमै एथ्लेटिकोका लागि एण्टेनियो ग्रिजम्यानले बराबरी गोल फर्काए । त्यसपछि दुवै पक्षबाट गोल हुन नसक्दा खेल बराबरीमा टुंगिएको हो ।

दोस्रो स्थानको एथ्लेटिकोलाई बराबरीमा रोके पनि अर्को खेलमा भ्यालेन्सियाले स्पानियोललाई १–० ले हराएपछि रियल अंकतालिकाको चौथो स्थानमा झरेको छ भने भ्यालेन्सिया तेस्रो स्थानमा पुगेको छ ।

समान ३१ खेलबाट एथ्लेटिकोको ६८, भ्यालेन्सियाको ६५ र रियलको ६४ अंक छ । लिग लिडर बार्सिलोनाले भने ३१ खेलबाट ७९ अंक बटुलेको छ ।

प्रतियोगिताअन्तर्गत गएराति नै भएको अर्को खेलमा लेभान्तेले लस पाल्मसलाई २–१ र रियल सोसिडाडले गिरोनालाई ५–० ले पराजित गरेको छ ।