श्रृंखला खतिवडा भइन् मिस नेपाल • Image Khabar Image Khabar


श्रृंखला खतिवडा भइन् मिस नेपाल


Imagekhabar
२९ चैत्र २०७४, बिहीबार ०८:१४

श्रृंखला खतिवडा भइन् मिस नेपाल

हिडन ट्रेजरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को अन्तिम चरणमा हेटौंडाकी २२ वर्षीया खतिवडाले उपाधि जितेकी हुन् ।

प्रतियोगितामा सहभागी अन्य २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधी जितेकी हुन् । ग्रान्ड फिनालेमा गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए ।

प्रतिक्रिया दिनुहोस्