सशस्त्र माइभ्याली गोल्डकपको क्वार्टरफाइनलमा • Image Khabar Image Khabar


सशस्त्र माइभ्याली गोल्डकपको क्वार्टरफाइनलमा


Imagekhabar
७ बैशाख २०७५, शुक्रबार १८:०६

सशस्त्र माइभ्याली गोल्डकपको क्वार्टरफाइनलमा

शुक्रबार इलामको ठूलो टुँडीखेलमा भएको खेलमा बंगलादेशको कावरान प्रगति संघमाथि ३–१ को जित निकाल्दै सशस्त्रले अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।

सशस्त्रले पहिलो हाफमा नै २–० को अग्रता लिएको थियो । खेलको १०औं मिनेटमा सशस्त्रका युवराज खड्काले एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा रुपबहादुर लामाले गोल गर्दै सशस्त्रको अग्रता दोब्बर बनाए ।

खेलको ४८औं मिनेटमा सशस्त्रका नवीन लामाले हेडमार्फत् गोल गर्दै खेललाई ३–० को स्थितिमा पुर्‍याए ।

बंगलादेशी टिमले ७८औं मिनेटमा एक गोल फर्कायो । उसका लागि अलाम जीले एक सान्त्वाना गोल गरे । त्यसपछि थप कुनै गोल भएन र सशस्त्रले ३–१ को जित दर्ता गर्‍यो ।

खेलमा सशस्त्रका रुपबहादुर लामा ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँ र चाँदीको मेडल प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत् शनिबार संकटा क्लब काठमाडौं र भारतको सिक्किम युनाइटेड क्लब भिड्नेछन्  ।

वैशाख १७ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १२ टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेता टिमले नगद ६ लाख ६६ हजार ६६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।

प्रतिक्रिया दिनुहोस्