पल्सर स्पोर्टस् अवार्डको पिपुल्स च्वाइसको मनोनयन सार्वजनिक • Image Khabar Image Khabar


पल्सर स्पोर्टस् अवार्डको पिपुल्स च्वाइसको मनोनयन सार्वजनिक


Imagekhabar
१२ बैशाख २०७५, बुधबार १९:१०

पल्सर स्पोर्टस् अवार्डको पिपुल्स च्वाइसको मनोनयन सार्वजनिक

मञ्चले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी पिपुल्स च्वाइस अवार्डका लागि क्रिकेटबाट सन्दीप लामिछाने, फुटबलबाट किरणकुमार लिम्बू, भलिबलबाट मानबहादुर श्रेष्ठ, टेबलटेनिसबाट स्यान्टु श्रेष्ठ र गल्फबाट प्रतिभा शेर्पा मनोनयनमा परेको जनाएको हो ।

मञ्चले यो अवार्डका लागि मतदान प्रक्रिया सुरु भइसकेको जनाएको छ । यसका लागि एसएमएस, फेसबुक लाइकबाट मतदान गर्न सकिनेछ ।

मञ्चले एसएमएसबाट भोटिङका लागि टीएचटीसँग सम्झौता गरेको छ ।

आगामी जेठ ३ गते हुने पल्सर स्पोर्टस अवार्डमा विभिन्न ८ विधामा खेलाडी, प्रशिक्षक तथा खेलकर्मी सम्मानित हुनेछन् ।

अवार्डका अरु विधामा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा प्रशिक्षक, पारा एथ्लिट, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्