४ खेल अगावै बार्सिलोना च्याम्पियन, २५ औं पटक ला लिगा उपाधि • Image Khabar Image Khabar


४ खेल अगावै बार्सिलोना च्याम्पियन, २५ औं पटक ला लिगा उपाधि


Imagekhabar
१७ बैशाख २०७५, सोमबार ०८:०७

४ खेल अगावै बार्सिलोना च्याम्पियन, २५ औं पटक ला लिगा उपाधि

काठमाडौं, वैशाख १७ । बार्सिलोनाले चार खेल अगावै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । सोमबार बिहान भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ ले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेस्सीले ह्याट्रिक गरेका थिए । थप एक गोल फिलिप कोटिन्होले गरे ।

खेलको सातौं मिनेटमा फिलिप कौटिन्होको गोलबाट अग्रता लिएको बार्सिलोनाले ३७ औं मिनेटमा मेस्सीको गोलमार्फत अग्रता फराकिलो पारेको थियो ।

तर ४० औं मिनेटमा लुकास पेरेजले गोल गरेपछि डिपोर्टिभोले मध्यान्तरअघि अग्रता २–१ मा छोट्याएको थियो । मध्यान्तरपछि निकै प्रतिश्पर्धात्मक देखिएको खेलमा ६४ औं मिनेटमा इम्रे कोलाकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

८२ औं मिनेटमा मेस्सीले दोस्रो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८५ औं मिनेटमा अर्को गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरे भने टिमलाई उपाधिसमेत सुनिश्चित गरे ।

यो ह्याट्रिकसँगै मेस्सीले ला लिगामा गोल संख्या ३२ पुर्‍याएका छन् । उनी स्पेनिस लिगमा लगातार ७ सिजन ३० भन्दा बढी गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

३४ खेलबाट ८६ अंकसहित बार्सिलोना शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको एथ्लेटिको मड्रिड ७५ अंकका साथ दोस्रो स्थानमा छ ।

बार्सिलोना २५ औँ पटक ला लिगा च्याम्पियन भएको हो ।

प्रतिक्रिया दिनुहोस्