Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


‘रक्सौलदेखि काठमाडौंसम्म रेल ल्याउने कुरा के नेपालको अहितमा हो ?’


0
Shares

अनेरास्ववियु काभ्रे जिल्ला कमिटी र अनेरास्ववियु क्याम्पस जिल्ला कमिटीले संयुक्तरुपमा मंगलबार काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने–‘नाकाबन्दी लगाइएका बेला उचित शब्द उच्चारण गर्न नसक्नेहरूले अहिले भारतीय प्रधानमन्त्रीको भ्रमणलाई लिएर सरकारको आलोचना गर्नुको कुनै अर्थ छैन ।’

राज्यमन्त्री बाँस्कोटाले नाकाबन्दीको तत्कालीन अवस्थामा आफ्नो पार्टीले त्यसको दृढतापूर्वक विरोध गरेको उल्लेख गर्दै सरकारले छिमेकी राष्ट्रहरूसँग राख्ने सम्बन्ध र सम्झौताको वातावरणलाई धमिल्याउने काम नगर्न सबैमा आग्रह गरे ।

सरकारले नेपाललाई अहित हुने कुनैपनि काम नगरेको बताउँदै उनले ‘रक्सौलदेखि काठमाडौंसम्म रेल ल्याउने कुरा र त्योपनि भारतीय सरकारकै लगानीमा बनाउने कुरा के नेपालको अहितमा हो ? हामीले माग गर्दै आएको डुबानको समस्या समाधान गर्नु के राष्ट्रघात थियो ?’ भनी प्रश्न गरे ।

राज्यमन्त्री बाँस्कोटाले प्रदेश नम्बर–२ का मुख्यमन्त्रीले राखेको कुरा छिमेकी सम्बन्ध, परराष्ट्र मामिला सन्चालनका दृष्टिकोण र नीतिहरू सरकारको राष्ट्रहित गर्ने नीतिलाई प्रतिविम्बित नगर्ने उल्लेख गर्दै त्यस विषयमा प्रधानमन्त्रीलेसमेत संसदमा उभिएर खन्डन र अस्वीकार गरिसकेको बताए ।

यातायात क्षेत्रजस्तै अब शिक्षा र स्वास्थ्य क्षेत्रको सिन्डिकेट तोड्ने पनि उनले बताए ।

राज्यमन्त्री बाँस्कोटाले पार्टी एकताकाबारेमा सन्चारकर्मीले पनि गलत प्रचार गरेको उल्लेख गर्दै त्यसो गर्नु ‘स्यालको सिङ खोज्नुसरह’ भएको टिप्पणी गरे ।

सो अवसरमा एमाले नेता एवं अनेरास्ववियुका पूर्वअध्यक्ष नारायण पाण्डेले मार्क्सवाद र लेनिनवादको दर्शनलाई अध्ययन नगरी जग्गा दलालीमा लागेर संगठनको विकास हुन नसक्नेतर्फ विद्यार्थी नेताहरूलाई ध्यानाकर्षण गराए । रासस