सन्दीपलाई तेस्रो सफलता : सुर्यकुमार, पोलार्ड र कुणाल पाण्डेयलाई बनाए शिकार • Image Khabar Image Khabar


सन्दीपलाई तेस्रो सफलता : सुर्यकुमार, पोलार्ड र कुणाल पाण्डेयलाई बनाए शिकार


Imagekhabar
६ जेष्ठ २०७५, आईतवार १९:१९

सन्दीपलाई तेस्रो सफलता : सुर्यकुमार, पोलार्ड र कुणाल पाण्डेयलाई बनाए शिकार

नयाँ दिल्ली, जेठ ६ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा आफ्नो तेस्रो तथा अन्तिम म्याच खेल्ने क्रममा आइतबार चमत्कारिक प्रदर्शन गर्दै तीन विकेट लिएका छन् ।

पहिलो ओभरमै सफलता हात पारेका उनले त्यसपछि दशौं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै थप दुई विकेट लिए ।

मुम्बई इन्डियन्सविरुद्ध दिल्ली डेयरडेभिल्सका मुख्य बलरको भूमिका निर्वाह गर्ने क्रममा पहिलो ओभर बलिङ गर्दै उनले १३ रन खर्चिएर प्रारम्भिक ब्याट्सम्यान सुर्यकुमार यादवलाई चौथो बलमा आउट गरेका थिए ।

दशौं ओभरको पहिलो बलमा नै उनले किरन पोलार्डलाई आफ्नो शिकार बनाए । त्यसपछि क्रिजमा आएका कुणाल पाण्डेयलाई उनले ओभरको चौथो बलमा आउट गरे ।

प्रतिक्रिया दिनुहोस्