सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नगरकोटीले जिते • Image Khabar Image Khabar


सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नगरकोटीले जिते


Imagekhabar
१० जेष्ठ २०७५, बिहीबार २०:५८

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नगरकोटीले जिते

गोकर्ण गल्फ क्लबमा बिहीबार सम्पन्न प्रतियोगिताको फाइनलमा दोस्रो अतिरिक्त होल प्लेअफमा शिवराम श्रेष्ठलाई पराजित गर्दै नगरकोटीले उपाधि जितेका हुन् ।

दुवैले १२ अन्डर पार २७६ को स्कोर कार्ड बनाएपछि प्लेअफमा उपाधि छिनोफानो भएको हो ।

योसँगै नगरकोटीले सूर्य नेपाल गल्फ च्याम्पियनसिपमा लगातार उपाधिमा ‘ह्याट्रिक’ गरेका छन् ।

नगरकोटीले उपाधिसहित तीन लाख २० हजार तथा उपविजेता श्रेष्ठले एक लाख ४० हजार रुपैयाँ जितेका छन् ।

चार अन्डर पार २८४ को स्कोरकार्डसहित तेस्रो भएका तोरणविक्रम शाहीले ९५ हजार रुपैयाँ जिते ।

चौथो भएका धनबहादुर थापाले ७५ हजार ५०० तथा पाँचौं भएका सन्जय लामाले ६९ हजार रुपैयाँ जितेका छन् ।

एमच्योरतर्फको उपाधि सुनील केसीले जितेका छन् । सुनीलले चार ओभर पार दुई सय ९२ को स्कोर कार्ड बनाए । सुनीलले काउन्ट ब्याकमा टंकबहादुर कार्कीलाई हराएका हुन् ।

प्रतियोगितामा ४२ प्रो र १४ एमच्योर गरी ५६ गल्फरले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्