बालविवाह रोक्न किशोरीहरुको भलिबल ! • Image Khabar Image Khabar


बालविवाह रोक्न किशोरीहरुको भलिबल !


Imagekhabar
१२ जेष्ठ २०७५, शनिबार १७:१९

बालविवाह रोक्न किशोरीहरुको भलिबल !

‘बालविवाह रोक्न म नेतृत्व लिन्छु’ भन्ने नाराका साथ जिल्लास्तरीय किशोरी सशक्तिकरण सन्जाल कपिलवस्तुको आयोजना, दलित सामाजिक विकास केन्द्र कपिलवस्तु र केयर नेपालको सहयोगमा तौलिहवामा प्रतियोगिता गरिएको हो ।

शनिबार भएको फाइनल खेलमा शिवशक्ति किशोरी समूह पहिलो र रोज किशोरी समूह दोस्रो भए । यस्तै, दुर्गा किशोरी समूह तेस्रो भयो ।

विजेताहरुलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको केयर नेपालका जिल्ला संयोजक गोविन्द धवलले जानकारी दिए ।

खेलको माध्यमबाट सामाजिक जागरुकता ल्याउने उद्देश्यसहित आयोजित प्रतियोगितामा जिल्लाका तीनओटा ‘कलस्टर’हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्