सन्दीप लामिछानेलाई पोखरामा नगद १ लाख सहित सम्मान • Image Khabar Image Khabar


सन्दीप लामिछानेलाई पोखरामा नगद १ लाख सहित सम्मान


Imagekhabar
१३ जेष्ठ २०७५, आईतवार १६:१६

सन्दीप लामिछानेलाई पोखरामा नगद १ लाख सहित सम्मान

पोखरा, जेठ १३ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रर्दशन गरेर सबैतिर चर्चा बटुलेका नेपाली क्रिकेटर सन्दीप लामिछालाई पोखरामा सम्मान गरिएको छ ।

प्रदेश ४ की सामाजिक बिकास मन्त्री नरदेवी पुन र प्रतिभा उच्च मावि र अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेलले लामिछालाई सम्मान गरेका हुन् ।

प्रतिभा उच्च मावी र अटोवेज प्रालि पोखराले आज संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी नगद १ लाख र सम्मान पत्र सहित सम्मान गरेको छ ।

सन्दीपले क्रिकेटका मार्फत गरेको प्रर्दशनलाई हौषला बढाउनका सम्मान गरिएको अध्यक्ष पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्