सर्वोच्च अदालतले यूएनडीपीको सहायता नलिने • Image Khabar Image Khabar


सर्वोच्च अदालतले यूएनडीपीको सहायता नलिने


Imagekhabar
११ असार २०७५, सोमबार १९:०६

सर्वोच्च अदालतले यूएनडीपीको सहायता नलिने

काठमाडौं, असार १२ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले प्रदान गर्न लागेको करिब ४६ करोड रुपैयाँ आर्थिक सहयोग सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

राज्यका प्रमुख अंगमा यूएनडीपीको सहकार्यबारे प्रश्न उठिरहेका बेला न्यायालयले त्यस्तो सहायता नलिने निर्णय गरेको हो । सर्वोच्चले ‘निरन्तर र नियमित रुपमा सञ्चालन हुने राज्यका निकायमा वैदेशिक सहायता लिनु उचित नहुने’ निष्कर्ष निकाल्दै उक्त रकम अस्वीकार गर्ने निर्णय गरेको हो ।

‘बरु कुनै काम गर्दा अपुग भए सरकारको राष्ट्रिय बजेट नै माग गर्नु उपयुक्त हुन्छ,’ यूएनडीपीको सहायता नलिने सर्वोच्चको निर्णयमा भनिएको छ । –कान्तिपुर दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्