१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पुलिस र प्रदेश–१ को विजयी सुरुआत, प्रदेश–७ र २ पराजित


0
Shares

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुलिसले प्रदेश नम्बर–७ लाई १७४ रनले हरायो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले सुनील धमलाको ८३ रनको मद्दतमा निर्धारित् ५० ओभरमा ६ विकेटको क्षतिमा ३२४ रन बनाएको थियो ।

आरिफ शेखले ५७ तथा मञ्जित श्रेष्ठले अविजित रहँदै ४९ रन बनाए ।

जवाफमा वर्षाले खेल अवरुद्ध भएपछि ‘डकवर्थ लेविस’ नियमअनुसार ३७ ओभरमा ३०५ रनको चुनौती पाएको प्रदेश–७ ले ७ विकेटको क्षतिमा १३० रनमात्र बनाउन सक्यो ।

अरुण ऐरीले अविजित ७० रन जोडेको इनिङ्समा बलिङतर्फ पुसिलका दीपेन्द्रसिंह ऐरीले १९ रन खर्चेर ४ विकेट लिए ।

त्यसैगरी, सोमबारै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नम्बर–१ ले प्रदेश नम्बर–२ लाई ६८ रनले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ७ विकेटको क्षतिमा २२३ रन बनाएको थियो । सन्दीप ढुंगानाले ५१ रन बनाएको इनिङ्समा सांसद शेखले ४ विकेट लिए ।

जवाफमा वर्षाले प्रभावित खेलमा ‘डकवर्थ लेविस’ नियमअनुसार ३४ ओभरमा २१४ रनको चुनौती पाएको प्रदेश–२ ले ३० ओभरमै अलआउट हुँदै १४५ रनमात्र बनाउन सक्यो ।

बलिङतर्फ प्रदेश–१ का पुष्प थापा र मिनाश थापाले समान ३/३ विकेट लिए ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा सशस्त्र प्रहरी र प्रदेश–७ ले पनि विजय सुरुआत गरेका थिए ।

मंगलबार कीर्तिपुर मैदानमा प्रदेश–३ र ६ तथा मूलपानी मैदानमा प्रदेश–२ र ४ बीचको खेल हुनेछ ।