खेलकुदमा २ अर्ब ४ करोड विनियोजन, प्रत्येक प्रदेशमा रंगशाला निर्माण गर्ने घोषणा • Image Khabar Image Khabar


खेलकुदमा २ अर्ब ४ करोड विनियोजन, प्रत्येक प्रदेशमा रंगशाला निर्माण गर्ने घोषणा


Imagekhabar
१५ जेष्ठ २०७५, मंगलवार १८:२१

खेलकुदमा २ अर्ब ४ करोड विनियोजन, प्रत्येक प्रदेशमा रंगशाला निर्माण गर्ने घोषणा

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत् गरेको बजेटमा यो रकम छुट्याइएको हो ।

नेपालमै आयोजना हुने आगामी १३औं दक्षिण एसियाली खेलकुद र राष्ट्रिय प्रतियोगितासमेतलाई गरी युवा तथा खेलकुद मन्त्रालयलाई कुल २ अर्ब ४ करोडको बजेट विनियोजन गरिएको हो ।

मन्त्री खतिवडाले सबै प्रदेशमा कम्तीमा एउटा रंगशाला निर्माण गर्नेगरी बजेट विनियोजन गरिएको बताए ।

यस्तै, स्थानीय तहसँगको सहकार्यमा सम्भाव्यता हेरी प्रत्येक स्थानीय तहमा खेलमैदान, युवा क्लब र विचरण पार्क निर्माण गर्ने पनि बजेटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्