Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


आयोजना प्रमुखहरुलाई कुलमानको निर्देशन– एक महिनाभित्र उपत्यका छाड्नू


0
Shares

काठमाडौं, जेठ २० । बारम्बार निर्देशन दिँदा पनि निर्माणाधीन आयोजना प्रमुखलगायत कर्मचारीहरु आयोजनास्थलमा नगई काठमाडौंमै बसिरहेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक महिनाभित्र उनीहरुलाई काठमाडौं छाड्न निर्देशन दिएका छन् ।

आयोजनास्थलको कार्यालयमा नबसी काठमाडौं बस्दै आएका आयोजना प्रमुख लगायत कर्मचारीलाई एक महिनाभित्र उपत्यकाभित्र रहेका सम्पूर्ण कार्यालय तथा सम्पर्क कार्यालय बन्द गर्न कडा निर्देशन दिँदै उनले त्यस्ता कार्यालय बन्द नगरे कारवाही गर्ने चेतावनी दिएका छन् ।

आयोजना निर्माणमा ढिलाई हुनुको एक कारण आयोजना प्रमुख तथा कर्मचारीले विभिन्न बहाना बनाई राजधानी मै बस्नु पनि रहेको ठहर गर्दै उनले आयोजनास्थलमै जान र समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् । –नागरिक दैनिकबाट