
काठमाडौं, कात्तिक २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. लोते छिरिङलाई उनले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हालेकामा शुभकामना व्यक्त गरेका छन् ।
परराष्ट्र मन्त्रालयद्वारा बुधबार प्रकाशित विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले बुधबार पठाएको सन्देशमा प्रधानमन्त्री छिरिङको सफल कार्यकालको कामना पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ बढी मजबुत् बनाउन निकटमा रहेर कार्य गर्ने तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मन्चहरुमा साझा सवाललाई अघि बढाउने चाहना पनि व्यक्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्